बेन्जेमा २०२३ सम्म रियलमै रहने

 रियल म्याड्रिडका कप्तान करिम बेन्जेमाले क्लबसँगको सम्झौता २०२३ सम्मका लागि लम्ब्याएका छन् ।  फ्रान्सेली स्टार बेन्जेमा २००९ मा रियल आएका थिए । उनले त्यसयता १२ वर्षमा २ सय ८१  गोल गरिसकेका छन् । जसमध्ये उनले पछिल्ला तीनवटा ला–लिगा सिजनमा २० भन्दा धेरै गोल गरेका हुन् । ३३ वर्षीय बेन्जेमा रियलका सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचीमा पाँचौ नम्बरमा छन् । यस सिजन पनि उनले उत्कृष्ट सुरुवात गरेका छन् । रियलले यसै साता अलाभेसविरुद्ध ४–१ को जीत निकाल्दा बेन्जेमाले दुई