पूर्वमा पहिलेदेखि नै हरेक चोकचोक हाट बजारका केन्द्र हुन्थे भने हरेक बार हाट लाग्ने भिन्न भिन्न ठाउँहरु थिए । आफूले उत्पादन गरेको सामान दिएर एकै ठाउँबाट आफूलाई चाहिने सामान ल्याउनु हाट बजारको विशेषता थियो । जतिबेलासम्म बजारीकरणले मुलुकभर पसल खोल्ने चलन सुरु भएको थिएन, त्यतिबेलासम्म हाटबजार मान्छेको आवश्यकता पूरा गर्ने एउटा निर्विकल्प केन्द्र थियो । […]