विद्युत् नियमन आयोगले विवाद समाधान हुनुअघि उपभोक्ताको विद्युत् आपूर्ति विच्छेद गर्न नपाइने कानुनी व्यवस्था रहेको भन्दै नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रंकलाइन बक्याैतामा काटिएकाे बिजुली जोड्न निर्देशन दिएको छ । आइतबार बसेको आयोगको बैठकले प्राधिकरणलाई काटिएको ६ वटा उद्योगमा बिजुली जोड्न निर्देशन दिएको हो ।