गुल्मीमा मिल्ने भए एमाले-समाजवादी, एमालेकै सरकार बनाउने उद्घोष

काठमाडौं : गुल्मीमा नेकपा एमाले र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी गुल्मीबीच पार्टी एकता भएको छ। सोमबार पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गरेको हो। एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्ट, जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछा तथा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीद्वारा संयुक्त हस्ताक्षर गरेर पार्टी एकताको घोषणा गरेका छन्। कम्युनिष्ट एकताको लागि आवश्यकता भएकाले एकजुट भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। आगामी निर्