काठमाडौं । अष्ट्रेलिया विरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ । कोलम्बोमा मंगलबार राति भएको खेलमा ४ रनको जित निकाल्दै श्रीलंकाले एक खेल बाँकी छँदै ५ खेलको एक दिवसिय श्रृंखला ३–१ ले जितेको हो । श्रीलंकाले आफ्नै मैदानमा २० वर्षपछि अष्ट्रेलियाविरुद्धको एकदिवसीय श्रृंखला जितेको हो । श्रीलंकाले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको […]