नेपाल र मोरिससबीचको खेलमा नेपाललाई एक गाेलकाे अग्रता

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोली र अफ्रिकी देश मोरिसससँगकाे पहिलो मैत्रीपूर्ण खेलमा नेपालले एक गाेल गरेकाे छ ।  दशरथ रंगशालामा खेलको दोस्रो हाफ चलिरहँदा ५४ मिनेटमा बिमल घर्तीले गोल गरेका हुन् । पहिलो हाफमा नेपालले दुई वटा निकै राम्रा मौका पाउँदा पनि गोल गर्न सकेन । मोरिससको एउटा सशक्त प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । नेपाल र मोरिससबीच अहिलेसम्म कुनै खेल भएको थिएन । त्यसैले यो पहिलो मैत्रीपूर्ण खेल प्रतिष्ठाको विषय पनि बनेको छ । घरेलु मैदानमा हुन लागेको मोरिसससँगको ख...