भियतनामी पर्यटक चार्टर विमानबाट नेपाल आउँदै

काठमाडौं। नेपालमा भियतनामी पर्यटक पहिलोपटक तीन विमान चार्टर विमानमार्फत भ्रमणका लागि आउने भएका छन् । आगामी अक्टुबर २१, २५ र २९ मा हिमालय एअरलाइन्स्का एअरबस ए३२० विमान चार्टर गरेर भियतनामबाट काठमाडौं, पोखरा, लुम्बिनी लगायत स्थान भ्रमण गर्ने गरी उच्चवर्गीय पर्यटक काठमाडौं अवतरण गर्ने भएका हुन् । करीब १५ प्रतिशत बुद्ध धर्मावलम्बी रहेको भियतनामबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या पछिल्ला दिनहरूमा बढिरहेको छ । भियतनाम काठमाडौंको यात्रा छोट्याउन तथा यात्रालाई सहज तुल्याउन उक्त चार्टर उडान महत्त्वपूर्ण हुने पर्यटनविद्हरूको भनाइ छ । भियतनामबाट काठमाडौं आउने पर्यटकले काठमाडौं उपत्यकाका अलावा बुद्धको जन्मस्थान लुम्बिनी तथा पोखराको समेत भ्रमण गर्ने बताइएको छ । केही पर्यटक नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योगाभ्यासका लागि थप समय बस्नेछन् । उडानका क्रममा एकतर्फी रूपमा खाली रहने सिट विक्री गरी पर्यटकका लागि यो चार्टर उडान आर्थिक रूपमा किफायती बनाउन यसको प्रबन्धक रुप्से होलिडेजले सहजीकरण गरिरहेको छ । नेपालबाट भियतनाम जान चाहने पर्यटकका लगि रुप्से होलिडेजले १ लाख २० हजार रुपैयाँको विशेष टुर प्याकेजको निर्माण गरेको छ ।

सम्बन्धित सामग्री

चिनियाँ व्यापारी झाङ साओगाङ आज नेपाल आउँदै

चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)का उपाध्यक्ष झाङ साओगाङ आज नेपाल आउँदै छन् ।

मलेसियाबाट नेपाल आउँदै गरेको विमान भारतको कोलकाता पुग्यो

मलेसियाबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि भारतको कोलकाता पुगेको छ । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न  नसकेपछि भारतको कोलकाता पुगेको हो । नेपाल एयरलाइन्सको आरए-४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर कोलकातामा अवतरण गरेको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण […]

जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

काठमाडौँ,१ मँसिर । मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै छन् । उनि निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लाग्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । नेपालमा यसअघि विसं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी […]

भारतीय स्थल सेनाध्यक्ष पाण्डे भदौ १९ मा नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे भदौ १९ गते नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेका नेपाली सेनाले जनाएको छ। भदौ...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै छन्। उनी दुई दिने भ्रमणका लागि आज नेपाल आउन लागेका हुन्।...

अमेरिकी सांसदको प्रतिनिधिमण्डल आज नेपाल आउँदै

काठमाण्डाै – अमेरिकाकाे सत्तारुढ डेमाेक्र्याटिक पार्टीका सांसदहरूको एक समूह तीन दिने भ्रमणका लागि आज शुक्रवार नेपाल आउँदै छ ।  अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की आज बेलुका नेपाल आउनुहुने भएको हो । उहाँहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउँदै हुनुहुन्छ । नेपाल अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा यो भ्रमण हुन लागेको हो । अमेरिकी संसदीय टोलीले नेपाल भ्र...

साउदीका विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौँ – साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदै छन्। नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी दुईदिने नेपाल भ्रमणमा काठमाडौँ आउन लागेका हुन्। भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खड्काले […]

आज ६ लाख डोज कोभिसिल्ड खोप नेपाल आउँदै

कोभ्याक्स सुविधामा मार्फत नेपाललाई थप ६ लाख डोज कोभिसिल्ड खोप आज नेपाल आउँदै छ।

स्वामी श्रीनिश्चलानन्द आज नेपाल आउँदै

काठमाडौं, कार्तिक ७ । भैरहवामा आयोजना गर्न लागिएको धर्मसभालाई सम्बोधन गर्न जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द आज नेपाल आउँदै छन्। भैरहवाको महेन्द्रसभा गृहमा हुने धर्मसभामा सहभागी हुन शङ्कराचार्य नेपाल आउन लागेका हुन् । वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवजारको विशेषता, पहिचान र सम्मान कायम गर्न नेपालको संविधानमा सनातन हिन्दू धर्म सापेक्षेताको […]

स्वामी श्रीनिश्चलानन्द आइतबार नेपाल आउँदै

जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द आइतबार नेपाल आउँदै छन् । भैरहवामा आयोजना गर्न लागिएको धर्मसभालाई सम्बोधनका लागि स्वामी श्रीनिश्चलानन्द नेपाल आउन लागेका हुन् । भैरहवाको महेन्द्रसभा गृहमा हुने धर्मसभामा सहभागी हुनेगरी नेपालका सनातन धर्म तथा ओमकार परिवारका विद्वान भैरहवा आइपुगेको पत्रकार सम्मेलनमा धर्मसभा मूल आयोजक समितीका संदस्य ब्यासमुनि आचार्य किशोर गौतमले बताए ।