एभरेस्ट बैंकका ग्राहकलाई हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता

एभरेस्ट बैंकले आफ्ना ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ जसमार्फत कार्डहोल्डरहरूले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउनेछन् । एभरेष्ट बैंकका ग्राहकहरूले रेस्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरूको खातामा फिर्ता हुन्छ । ‘सर्भिस विथ स्माइल’ नारासहित एभरेस्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आएको छ ।