साफ च्याम्पियनसिप: भारत र श्रीलंका भिड्दै

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका भिड्दै छन् । फाइनल प्रवेशको सम्भावना गुमाई सकेको श्रीलंकाले भारतविरुद्ध जितका लागि हरसम्भव प्रयत्न गर्ने निश्चित छ । अपेक्षित सुरुआत गर्न नसकेको प्रतियोगिताको सर्वाधिक सफल टोली भारतलाई पनि आजको खेलमा जित्नै पर्ने दबाब छ । दक्षिण एसियाली फुटबलको महारथी भारतलाई पहिलो […]

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

काठमाडौँ : पहिलोपटक दशरथ रंगशालामा मंगलबार सुरु हुने दक्षिण एसियाली महिला फुटबल (महिला साफ) प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान साँझ ५:३० मा प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ७ राष्ट्र सहभागी रहेका छन्।जहाँ दुई समूहमा रहेर प्रतियोगिता खेलाइँदै छ। समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहँदा समूह 'बी'मा आयोजक नेपाल, श्रीलंका

साफमा आज नेपाल र श्रीलंका भिड्दै, यसरी हेर्नुस् लाइभ

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण अन्तर्गत आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समय अनुसार सोमबार बेलुका ९:४५ मा खेल सुरु हुने छ । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १ गोलले पराजित गर्दै  बिजयी सुरुवात गरिसकेको छ  । मनिस डाँगीले ८६ औं मिनेटमा माल्दिभ्स बिरुद्द शानदार गोल गर्दै नेपाललाई जित दिलाएका थिए।आजको खेल भने नेपालमा पनि लाइभ हुने भएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङका अनुसार खेल एक्सन स्पोर्ट्समा लाइभ हुने छ । यस अघिको खेल लिभ भएको थिएन । साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। नेपालसहित पाकिस्तान र भुटानले अहिलेसम्म साफको उपाधि जित्न सकेका छैनन् । यी टिम अहिलेसम्म फाइनलमै पुग्न सकेका छैनन्।