मानसरोवर कैलाश दर्शन गर्न एक हजार पर्यटक हुम्ला भित्रिए

सिमकोट – नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको संख्या हजार पुुगेको छ। भदौ महिनाको १८ दिनयता ती पर्यटक हुुम्ला भित्रिएका हुुन्। टेकर सोसाइटीका प्रबन्धक प्रल्हाद लिम्बूका अनुुसार बुुधबारसम्म एक हजार जना पर्यटक हुम्ला भित्रिएका छन्। मानसरोबर कैलाशको दूरदर्शन गर्ने पर्यटक हुुम्ला आउन थालेयता दैनिक ५० देखि ८० जना आउने गरेका छन्। […]