विपक्षीलाई चित्तबुझ्दो जवाफ नदिई बागमती प्रदेश अधिवेशन अन्त्य

मकवानपुर : बागमती प्रदेशसभाको चालु सातौं अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले आज राति १२ बजेबाट लागू हुने गरी चालु अधिवेशन स्थगित गरिएको सूचना जारी गरेका छन्। लामो समयदेखि स्थगित हुँदै आएको अधिवेशन गत चैत २४ गतेबाट सञ्चालनमा आएको थियो। ‘बागमती प्रदेश मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधान धारा १८३ को उपधारा (२) बमोजिम २०७८ बैशाख ७ गते मंगलबार राति १२ बजे प्रदेशसभाको सातौं चालु अधिवेशन अन्त्य गरेको छु।’ प्रदेश प्रमुख प्रसाईंले जारी गरेको सूचना