लाम लगाएर जहाजको टिकट वितरण

कर्णाली राजमार्ग पहिरोले बन्द भएपछि जुम्लाको हवाई टिकटमा चाप परेका कारण टिकट वितरणमा नयाँ व्यवस्था सुरु गरिएको छ । टिकटका लागि विमानस्थलमा भीड बढेको र टिकट प्रणाली व्यवस्थापन गर्न कठिन भएपछि पहिलो चरणमा विमानस्थलमा पुगेका नागरिकलाई लाम लगाएर ११ वटा टिकटको दरले सातवटा उडानको रकम समेत उठाइएको छ ।

सम्बन्धित सामग्री

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दसैं, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिस अलपत्र परेका हुन् ।जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाच्ने भन्ने चिन्ता थपिएको यात्रुहरुको गुनासो छ। निजी एयरलाइन्सका हवाईजहाजले आफूखुशी टिकट वितरण गरिरहेको र बढी पैसा दिनेलाई टिकट दिने गरेको उनीहरु बता

पहुँचका भरमा जहाजको टिकट वितरण

पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दैआएका छन् । हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सुर्खेतबाट हुम्ला जान रु १० हजार र हुम्लाबाट सुर्खेत आउन रु सात हजार भाडा तिर्नुपरेको यात्रु बताउँछन् ।नेपाल वायुसेवा निगमको न्यून  उडानका कारण यात्रु थप मारमा परेका छन् । थप उडानका लागि स्थानीय

जहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर

सुर्खेत : पहुँचको भरमा प्लेन टिकट वितरण हुँदा हुम्ला जान र आउन समस्या हुँदै आएको छ। हवाइ मार्ग मार्फत जाँदा र आउँदा भारी खर्च हुने भएपनि सोही टिकट पाउन पनि शक्ति केन्द्र धाउनु परेको छ।निजी जहाज मात्र सञ्चालन रहेको हुम्लामा तारा र समिट एयरले मात्र उडान भरिरहेका छन्।सीमित सिटका कारण  हवाइ यात्रा गर्न भारी पावर लगाउनुपर्ने बाध्यता भएको हुम्लाका पत्रकार नरजन तामाङले बताए। हुम्ला सडक सञ्जालले नछोएको जिल्ला हो। सुर्खेतबाट हुम्ला जानका लागि १० हजार, हुम्लाबाट सुर्खेत आउँदा ७ हजार रक