विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा बुधबार नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले दिनभर धर्ना दिएर घेराउ गरेको छ । जनक शिक्षालाई भ्रष्टाचारको अखडा बनाएको, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कमिसनका खेलमा लागेर पुस २९ गते कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी छापाखानालाई छाप्न दिने निर्णयको गरेको भन्दै …