नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल भारतबीचको महाकाली सन्धि खारेज गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद सुवालले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने–‘एकीकृत महाकाली सन्धिमा कतिपय कमजोरिहरु रहेको अहिले पुनः चर्चामा आएको छ । नेपाल मजदुर किसान पार्टीले टनकपुर सन्धिलाई समझदारी भनेर अगाडि बढाएकै बेला देशघात भएको कुरा स्पष्ट रुपमा राखेको हो । सुगौली सन्धि अनुसार महाकाली नदी पारीको भाग मात्र भारतको पर्दछ अर्थात महाका