माधव नेपाललाई प्रश्न : मन्त्री फेरिएपछि २ नेताले पार्टी छाड्न लागेका हुन् ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मन्त्रिपरिषद हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा बसेको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले मन्त्री नियुक्त हुने बेलामा नै ६ महिनाका लागि भनेर जानकारी गराएको बताए । उनले भने– ‘यो नियमित प्रक्रिया हो, पहिले नै हामीले ६ महिनासम्म मन्त्री रहने भनेका थियौं । सुरुदेखि नै भनेको कुरा हो ।’ २ जना मन्त्री पार्टीमा रहनुहुँदैन भन्ने कुरा छ नी भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष न