बागी उम्मेदवारका समर्थक र प्रस्तावकलाई कारबाही हुन्छ : डा. शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बागी उम्मेदवारका समर्थक र प्रस्तावकलाई कारबाही गर्ने बताएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिकाका उमेदवारसँग अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।‘नेपाली कांग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख  छ बागी उमेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसैअनुसार कारबाही गर्छ,’ उनले भने, ‘जो ती उमेदवारको पछि लाग्छ उनीहरूलाई पनि नोटिसमा राख्नुपर्छ।’पार्टीभित्र आन्तरिक रुपमा आफ्नो विचार भए पनि पार्