काठमाडौँ । सिजन मिडियाद्वारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘मिसेस ब्युटी क्वीन नेपाल २०२१’का लागि २१ प्रतियोगी छनौट भएका छन् ।शनिबार सिजन मिडियाकै कार्यालय कमलादीमा आयोजित छनौट चरणको अडिसनबाट यी प्रतियोगी अन्तिम स्पर्धाका लागि छानिन सफल भएका हुन् । करिव ४० बढी प्रतियोगी सहभागी अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, जुम्वा प्रशिक्षक सोनाम केसी, मिसेस ब्युटी क्वीन नेपाल २०१९ की विजेता शान्ति लिम्वु र सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्त निर्णायकमा रहेका थिए ।विवाह