जनप्रतिनिधिकै मिलेमतोमा मेचीनगरका खोला दोहन‚ ट्युबेलमा आउनै छाड्यो पानी

झापा  मेचीनगर नगरपालिका-३ मा नदीजन्य पदार्थको जथाभावी उत्खननले नदी तथा खोला आसपासका बासिन्दा घरबार छाडेर पलायन हुनुपर्ने अवस्थामा पुगेका छन्।स्थानीय तहको मिलेमतोमा हुने अवैध नदीजन्य पदार्थ उत्खननका कारण मेचीनगर-३ को बडाखाल र महल्यागाउँका करिब २०० घर परिवारमा खानेपानीको हाहाकार भएको छ। उनीहरूको ट्युबवेलमा पानी आउन छाडेको स्थानीयवासी बताउँछन्।नगरपालिकाले गाउँको पश्चिमी भागबाट बग्ने निन्दा खोला मनपरि रुपमा बालुवा तथा गिट्टी उत्खनन गर्न दिँदा नदी गहिरिएर पानी सुकेको स्थानीयहरू बताउँछन्। एक मिटर