सडक खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु

रुकुम (पूर्व) : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा सडक खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ। शनिबार वडा नम्बर ७ झाँक्रीपानीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को खस्दा सडक खनिरहेका स्थानीय ४८ वर्षीय रणे ओलीको मृत्यृ भएको हो।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपील शाहीले ओलीको घट्नास्थलमै मृत्यु भएको जानकारी दिए। घटनास्थलमा ९ जनाले सडक खनिरहेकामा बाँकी आठ जना भागेर ज्यान बचाउन सफल भएको प्रहरीले जनाएको छ।यसअघि रोजगार क