नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् । शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरेडाँडा र सरोकारवाला निकायहरुबीचको छलफलमा नेता श्रेष्ठले यस्तो बताएका हुन् ।उनले अहिले फोहोरका कारण काठमाडौं बस्न नसक्ने अवस्थामा रहेको भन्दै यसको तत्काल समस्या समाधान गर्नुपर्ने बताए । नेता श्रेष्ठले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजेर ल्याण्डफिल्ड साइटका बासिन्दाहरूलाई पनि न्याय र सफा वातावरणमा बस्ने कुराको सुनिश्चितता गर्