पहिरो पन्छाउने काम तीव्र गतिमा

जुम्ला– गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा क्षति भएको छ । माथिल्लो कर्णालीवासीको सबैभन्दा सहज माध्यम भनेको कर्णाली राजमार्ग हो । यही राजमार्ग भएर देशका विभिन्न स्थलमा कर्णालीका बासिन्दा पुग्ने गरेका छन् । अहिले बाढी पहिराले राजमार्ग ठप्प हुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । स्थानीय प्रशासन, स्थानीय तह […]

सम्बन्धित सामग्री

अविरल वर्षाले क्षति पुर्‍याएपछि उद्धारका लागि खटियो नेपाली सेना

काठमाडौँ ।  मुलुकभर परेको अविरल वर्षाले देशभर क्षति  पु¥याउने काम तीव्र भइरहेको बेला जनधनको क्षति कम गर्न नेपाली सेनाले उद्धार कार्यलाई  तीव्रता दिएका छन्  । बर्षाका कारण गएको बाढी पहिरो तथा डुबानमा परेका नागरिकको जीउ धनको सुरक्षाका लागि देशभर नेपाली सेना तथा अन्य सुरक्षा फौजले उद्धार कार्यलाई तीव्रता दिएका हुन्  । अविरल वर्षाका कारण जनजीवन […]

मुग्लिन–मलेखु सडक विस्तार थालियो, बर्खामा पनि काम धमाधम !

चितवन । मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतवारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो ।  यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम शुरु भइसकेको छ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम बर्खाको समयमा पनि निरन्तर भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का प्रमुख किरण कार्कीले जानकारी दिए । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । ३९ किलोमिटर लामो सो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गरिरहेको कार्कीले बताए ।  पहिलो चरणमा मलेखुदेखि चितवनको चुम्लिङटारसम्म विस्तारको काम भइरहेको छ ।  शर्मा जेडआइसिजी जेभीका शिवप्रसाद लामिछानेले चैतदेखि उक्त यो सडकखण्डको काम तीव्रगतिमा भइरहेको बताए । बर्खाको समयमा निर्माणलाई जारी राखेको उनको भनाइ छ । ‘वर्षाले असर नगर्ने ठाउँमा काम भइरहेको छ,’ उनले भने, ‘पहिरो नजाने ठाउँमा भित्तो काट्ने काम भइरहेको छ ।’  सडक नभासिने ठाउँमा पर्खाल निर्माण भइरहेको छ । ‘निर्माण शुरु गरेदेखि काम रोकिएको छैन । बर्खामा त काम गरिरहेका छौं । लक्ष्यअगावै निर्माणको काम सक्ने योजना छ,’ उनले भने ।  उनले सडक निर्माणका क्रममा वन र विद्युत्को समस्या नआएर समयमै काम सम्पन्न हुने बताए । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम ९ मिटर कालोपत्र हुनेछ ।  बजार क्षेत्रमा भने चारदेखि छ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिए । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिने छ । यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै शुरु भइसकेको छ । मलेखुसम्म छ पुल निर्माण हुनेछन् । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन् । यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन् । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने छन् । आयोजनाको यो खण्ड रु चार अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रुख काट्न बाँकी छ । यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन् ।  ‘यो सडकखण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौं,’ आयोजना प्रमुख कार्कीले भने, ‘पहाड काट्दा सधैं पहिरोले दुःख दिने सम्भावना रहन्छ ।’ सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ ।  सङ्घीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने दबाब छ । नागढुङ्गा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ । विश्व बैंकको आर्थिक सहयोगमा उक्त राजमार्ग विस्तारको काम थालिएको हो । यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो । रासस

समस्या रहेको खण्ड थाँति राखेर कान्ति राजमार्गको निर्माण यसै वर्ष सकिने

काठमाडौ । संघीय राजधानीलाई बागमती प्रदेशको राजधानीसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा समस्या रहेको खण्डबाहेकको सडक यस वर्ष सम्पन्न हुने भएको छ ।  बर्सेनि पहिरो आउने पाँच किमी खण्डबाहेकको सडक आगामी असारसम्ममा कालोपत्र सकिने गरी काम भइरहेको छ । जम्मा ९० किमी लम्बाइको सो राजमार्गमा यस वर्ष साढे चार किलोमिटर सडक कालोपत्र सकिएको र तीन किमीमा काम भइरहेको कान्ति राजमार्ग योजना कार्यालयले जनाएको छ ।  यो आर्थिक वर्षमा विगतमा काम नभएका (क्रोनिक ठेक्का) को काम भइरहेको योजना प्रमुख सुरेश न्यौपानेले बताए । उनका अनुसार यो आवमा अहिलेसम्म साढे चार किमी कालोपत्र (अस्पाल) सकिएको छ । तीन किमी कालोपत्र भइरहेकामा यो आवमा सकिने उनले बताए । विभिन्न समस्याका कारण ठेक्का लागेको लामो समयसम्म पनि नसकिएका ठेक्का तीन छन् । उनले भने, “गत वर्ष विभिन्न कारणले काम हुन नसकेका क्रोनिक ठेक्काको अहिले काम भइरहेको छ ।” ललितपुरमा दुई र मकवानपुर एक गरी तीन ठेक्का अवधि सकिएको लामो समय हुँदा पनि अझै सम्पन्न भइसकेका छैनन् । यी ठेक्का सम्पन्न भएपछि समस्या भएको क्षेत्र (पाँच किमी) बाहेक अरु सकिने प्रमुख न्यौपानेले बताए ।  ललितपुरतर्फका सम्पन्न हुन बाँकी ठेक्का बिरुवा एसएल सुनकोशी जेभी र सूर्य वाइवा कन्स्ट्रक्सनका छन् । झण्डै आठ वर्ष पहिले यी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । मकवानपुरमा नागार्जुन सर्वशक्ति कम्पनीले पनि काम सकेको छैन । सो कम्पनीसँग आव २०७४/७५ मा ठेक्का सम्झौता भएको योजनाले जनाएको छ ।  मकवानपुरको चुच्चेखोलामा लामो समयसम्म नागरिकले घर नहटाएकाले काम हुन नसकेको भए पनि अहिले काम भइरहेको प्रमुख न्यौपानेले बताए । सम्पन्न नभएका तीन वटै ठेक्कामा कहिले कोभिडका कारण र कहिले सार्वजनिक खरिद नियमावली संसोधन हुँदा नियमावलीको व्यवस्थाका कारणले काम नहुँदा पनि अवधि थप हुँदै आएको  थियो ।  यो आवमा निर्माण कम्पनीले सक्नैपर्ने र यदि नसकिएमा ठेक्का तोडिने गरी तयारी अघि बढाइने उनले बताए । उनका अनुसार अहिले यी कम्पनीले काम गरिरहको छन् । निर्माण सुरु गर्दा ९० किमी लम्बाइ रहेको सो राजमार्गको लम्बाइ अहिले ८६ किमी छ । पहिले राजमार्गको सुरु विन्दु हेटौँडाको बुद्धचोक तथा अन्तिम विन्दु पहिले सातदोबाटो भए पनि अहिले रेखाङ्कन परिवर्तन भएर अन्तिम विन्दु नख्खु (चक्रपथ) भएको छ ।  रेखाङ्कन परिवर्तन हुँदा लम्बाइ कम भएको छ । राजमार्गको छ किमी सडक निर्माण डिभिजन सडक कार्यालयले गरिहरहेको छ । योजनाले टीकाभैरवबाट बुद्धचोकसम्म ७९ किमी सडक निर्माण गरिरहेको छ । त्यसमध्ये ५१ किमी सडक ललितपुर र २८ किमी मकवानपुर जिल्लामा पर्छ ।  विसं २०७२/७३ पछि सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ । सरकारले सो सडकलाई पहिलो प्राथमिकताको योजनाका रुपमा राखेसँगै योजना कार्यालयको स्थापना भएको थियो । सरकारले एक दशकयता बर्सेनि राजमार्गका लागि बजेट विनियोजन गर्दै आएको छ । अझै पनि विनियोजित बजेट कम रहेको योजनाले बताउँदै आएको छ ।      निर्माणाधीन सो राजमार्गलाई हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँसम्मको दुई सय २६ किमी लम्बाइको र हेटौँडाबाट पालुङ हुँदै काठमाडौँ आउने एक सय ३६ किमी सडकको विकल्पका रुपमा समेत हेरिएको छ । ट्रयाक खुलेको लामो समय हुँदा पनि सो सडक कालोपत्र हुन सकेको थिएन । झण्डै एक दशक पहिलेदेखि भने स्तरोन्नतिको काम भइरहेको छ  ।  बागमती प्रदेशको राजधानी हेटौँडा तोकिएपछि राजमार्गले महत्व पाएको छ । ललितपुरको सबैभन्दा विकट क्षेत्रमा पर्ने क्षेत्र नं १ को विकासको आधारका रुपमा पनि यो राजमार्ग रहेको छ । सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहको निर्वाचनमा उम्मेदवारले यो सडकको स्तरोन्नति सबैभन्दा उठाउने मुद्दा बन्दै आएको छ ।

पहिरो पन्छाउने काम तीव्र गतिमा हुँदै

काठमाडौँ,४ कार्तिक । गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा क्षति भएको छ । माथिल्लो कर्णालीवासीको सबैभन्दा सहज माध्यम भनेको कर्णाली राजमार्ग हो । यही राजमार्ग भएर देशका विभिन्न स्थनमा कर्णालीका बासिन्दा पुग्ने गरेका छन् । अहिले बाढी पहिराले राजमार्ग ठप्प हुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । स्थानीय प्रशासन, […]

कर्णाली राजमार्गकाे पहिरो पन्छाउने काम तीव्र गतिमा हुँदै

कर्णाली राजमार्ग पूर्णरुपमा खुल्न अब २६ किलोमिटर मात्र बाँकी रहेको छ। जुम्ला–सुर्खेत सडकखण्डको दुई सय ३२ किलोमिटरमध्ये २६ किलोमिटर कालिकोटको शेराबाडादेखि नाग्मसम्म पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।...

माथिल्लो तामाकोशीको सन्देश

राष्ट्रिय गौरवको आयोजना मानिएको माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रीडमा आउन थालेको छ । आयोजना पूर्णरूपमा सम्पन्न नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार यसको उद्घाटन गरेसँगै नेपालले आफ्नै लगानीमा यति ठूलो परियोजना बनाउन सक्छ भन्ने प्रमाणित भएको र यसले जलविद्युत् क्षेत्रमा नेपालको आत्मविश्वास बढाएको छ भनेर उत्सव पनि मनाउन थालिएको छ । ठीक तरीकाले मर्मत सम्भार भए यस्ता आयोजनाको आयु ६०–७० वर्ष मात्र होइन, १०० वर्षसम्म पनि हुन्छ । त्यसैले अनुमान गरेभन्दा निकै बढी खर्च भए पनि यस्ता आयोजनामा भएको नोक्सान धान्न नसकिने भने हुँदैन । यो आयोजना लक्ष्यअनुसार ५ वर्ष ढिला सम्पन्न भएको छ । यसले भूकम्प र भारतीय नाकाबन्दीको असर भोग्नुपर्‍यो भने ठेकेदार कम्पनीहरूको पनि केही समस्या झेल्नुपर्‍यो । आयोजना ५ वर्ष ढिला हुँदा यसको लागत पनि झन्डै तेब्बर पुगेको छ । नेपालका पूर्वाधार आयोजनाहरू समयमा सम्पन्न भएको खासै पाइँदैन । त्यही रोग यस आयोजनामा पनि देखिएको हो । तर, मेलम्ची खानेपानी आयोजनाको तुलनामा लागत वृद्धि, ढिलाइ र चलखेल यो आयोजनामा अलिक कम अनुभव गरिएको छ । महँगो आयोजना भए पनि जलविद्युत् क्षेत्रमा यसको ठूलो महत्त्व छ । जलविद्युत् आयोजनाहरू दीर्घकालीन हुन्छन् । ठीक तरीकाले मर्मत सम्भार भए यस्ता आयोजनाको आयु ६०–७० वर्ष मात्र होइन, १०० वर्षसम्म पनि हुन्छ । त्यसैले अनुमान गरेभन्दा निकै बढी खर्च भए पनि यस्ता आयोजनामा भएको नोक्सान धान्न नसकिने भने हुँदैन । अन्य केही क्षेत्रका आयोजनाहरूमा भने लागत बढेमा त्यसलाई धान्न गाह्रो पर्छ । सडक आयोजनाहरूको लागत बढ्यो भने त्यो धान्न गाह्रो पर्छ किनभने त्यसको बारम्बार मर्मत र पुनर्निर्माण गरिरहनुपर्छ र त्यसका लागि विदेशी सहयोग खोज्न परिरहेको छ । जलविद्युत् आयोजनामा प्रतिमेगावाट लागत हेर्ने गरिन्छ । जलप्रवाहमा आधारित आयोजनामा प्रतिमेवा २० करोड रुपैयाँभन्दा बढी लागत पर्ने भयो भने त्यसलाई नराम्रो भन्ने गरिन्छ । तर, मौद्रिक लागत बढे पनि योजना इन्जिनीयरिङ हिसाबले निर्धारित समयभित्र बनाइसक्छु भन्ने ठेकेदारलाई इन्जिनीयरिङ हिसाबले अनुमानित लागतको २५ वा ३० प्रतिशत बढी रकमसम्म दिँदा पनि दीर्घकालीन दृष्टिमा देशलाई लाभ नै हुन्छ । आयोजना निर्माणमा ढिला हुँदा बेहोर्नुपर्ने अपर्च्युनिटी कस्ट (अवसर लागत) नहेरेर केवल मौद्रिक लागत मात्र हेर्ने प्रणालीमा सुधार गर्ने गफ मात्र भइरहेको छ । यो परियोजनाको उद्घाटनमा गरिएको हतारो आलोच्य छ । उद्घाटन गरेर जस लिन हतार गरेको देखिन्छ । यो परियोजना सम्पन्न हुन अझै थुप्रै काम बाँकी छ । परियोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनसँग जोड्ने आफ्नो प्रसारण लाइन बनिसकेको छैन । अन्य आयोजनाको प्रसारण लाइनबाट काम चलाइएको छ । ६ ओटा युनिटमध्ये एउटा युनिटबाट मात्रै विद्युत् उत्पादन भएको छ । राष्ट्रिय गौरवका आयोजनाहरूको कार्य प्रगति सन्तोषजनक छैन । तिनको बजेट खर्च निराशाजनक छ । निर्माण सम्पन्न हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको मोडालिटीसमेत तयार पार्ने काम भएको छैन । यस्तोमा हतारले उद्घाटन गर्न चासो देखाउनुभन्दा ती परियोजनाहरूको काम तीव्र पार्न प्रधानमन्त्रीको ध्यान जानुपर्ने हो । माथिल्लो तामाकोशी परियोजनाबाट नेपालले थुप्रै पाठ सिकेको छ, अनुभव प्राप्त गरेको छ । यसको पाठबाट अन्य परियोजनामा लाभ लिन सकेमा त ठीकै हो । तर, नेपालमा यस्ता पाठ सिकेर त्यसलाई उपयोग गरेकोे उदाहरण खासै पाइँदैन । चिलिमे जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणले छुट्टै कम्पनी बनाएर विकास गरेको राम्रो अनुभव थियो । तर, त्यसपछि त्यही मोडेलमा विकास गर्न खोजिएका परियोजनाहरूमा त्यस्तो सफलता देखिएको छैन । यस वर्ष आएको बाढीले जल विद्युत् परियोजनाको भविष्यबारे चिन्ता थपेको छ । विगतको भन्दा फरक प्रकृतिको बाढी आएको भन्ने विज्ञहरूको भनाइ छ । यसबाट निर्माणाधीन आयोजनाहरूमा असर परेको छ । खासगरी पहिरो गएर नदी थुनिने र एक्कासि ठूलो बाढी आउने नयाँ समस्या यस वर्ष देखापरेको छ । यसबारे गम्भीर अध्ययन गर्नुपर्ने भएको छ त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, भूगर्भअनुसन्धान विभागजस्ता संस्थामार्फत यसबारे अनुसन्धान गराउनु अनिवार्य देखिएको छ ।

‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत सम्पन्न

राष्ट्रिय गौरवको आयोजनाका रूपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिर काटिएको छ भने बाँकी स्थानका भिर काट्ने र पहिरो नियन्त्रणको काम पनि अघि बढाइएको योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार धादिङको गल्छीबाट रसुवाको स्याफ्रुबेसीँसम्म निर्माण भइरहेको सडकको प्रगति बार्खायाम र कोरोनाका कारण प्रभावित भएकामा अहिले भने तीव्रगतिमा अघि बढेको छ ।

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम तीव्र

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र पारिएको छ । सडक बन्द गरेर आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इञ्जिनीयरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको आयोजनाका इञ्जिनीयर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिए । “सडकखण्डको भित्तामा अड्किएका ढुंगा झार्ने काम भइरहेको छ”, उनले भने, “अहिलेसम्म तीन प्रतिशत मात्र काम भएको छ ।”

नारायणगढ–मुग्लिन सडक पहिरो रोक्न तीव्रता दिइँदै

छिट्टै वर्षात् सुरु भएपछि नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्न नदिनका लागि काम तीव्र रूपमा अघि बढाइएको छ । अधिकांश ठाउँमा भित्तो काटिएकाले माटो कमलो भएको छ भने कतिपय ढुंगा र ढिस्को झर्ने अवस्थामा छन् । गतवर्षको वर्षात्मा ठाउँठाउँमा पहिरो खसेर ठूलो जनधनको क्षति भएको थियो । यस वर्ष पहिलोपटक आइतबार साँझ ६ बजे टोपे खोलामा पहिरो खसेपछि आधा घण्टा सडक आवागमन रोकिएको थियो ।