श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशको अर्थतन्त्र टाट पल्टिएको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री विक्रमासिंघेले संसदलाई सम्बोधन गर्दै देशको अर्थतन्त्र पूर्ण रुपमा टाट पल्टिएको घोषणा गर्नुभएको सीएनएनले जनाएको छ ।
श्रीलंकाले केही महिनादेखि आर्थिक संकट खेपिरहेको छ । विदेशी मुद्राको अभावमा आयात गर्न नसक्दा श्रीलङ्कामा इन्धन, औषधि, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको चरम अभाव छ । दैनिक उपभोग्य वस्तु खरिदका लागि घण्टौं लाइन बस्नुपर्ने र अकासिएको मुल्यका कारण जनजीवन कष्टकर बनेको छ । श्रीलंकामा खानेकुराको मूल्य अघिल्लो वर्षको तुल...