काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भाषा आयोग र युनेस्को काठमाडौँसँगको सहकार्यमा मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचारगोष्ठीको आयोजना गरियो । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फ्रेबु्रअरीको पूर्वसन्ध्यामा आयोजित गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराईले भूमण्डलीकरणका कारण विश्वमा अहिले मातृभाषाहरू जोखिममा परिरहेका भएता पनि नेपालले भने संविधानमै सुनिश्चित गरेर …