काठमाडौं उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । यो अनुसार भदौ २४ गते राती १२ बजेसम्मे निषेधाज्ञा कायम रहने छ
आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले अत्यावश्य वस्तुहरुमा खाद्यवस्तु, दूध, फलफूल तरकारी आदि विहान ११ बजेसम्म विक्री गर्न पाउने व्यबस्था गरेको छ ।