हामी अमेरिकी क्याम्पमा भएकाले सुरक्षित ढंगले आयौँ : कर्ण नेपाली

अफगानिस्तानबाट नेपाल फर्केका कामदारले त्यहाँको अवस्था नाजुक रहेको बताएका छन् । आफूहरू अमेरिकी दूतावासको सुरक्षा क्याम्पमा रहेका कारण सुरक्षित ढंगले फर्किन सफल भए पनि बाहिरको अवस्था नाजुक रहेको उनीहरूले बताए ।  मंगलवार कुवेतबाट काठमाडौं उत्रिएका कर्ण नेपालीले सुरक्षा क्याम्पमा रहेका नेपाली सुरक्षित रहेको जानकारी दिए । ‘हामी तालिबानले काबुल कब्जा गर्नुभन्दा पहिले नै दोहा पुगिसकेका थियौँ, क्याम्पभित्र भएकाले बाहिरको अवस्थाबारे त्यति धेरै जानकारी भएन,’ नेपालीले लोकान्तरसँग भने ।  नेपालका धनगढी ...