सत्य निरुपण विधेयक भोलि संसदमा पेस हुने, प्रधानमन्त्रीलाई विश्वासको मत दिने गठबन्धनको निर्णय

काठमाण्डाै – सत्ता साझेदार १० वटा दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ भोलि संसदमा पेस गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,  एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका १० वटा दलका शीर्ष नेताहरुको बैठकले विधेयक भोलि संसद बैठकमा पेस गर्ने निर्णय गरेका हुन् । नेकपा एमाले र राप्रपाले स...