काठमाडौं : अफ्रिकन राष्ट्र मौरिससको फुटबल टिम नेपालसँगको मैत्रीपूर्ण खेलका लागि काठमाडौं आइपुगेको छ। सोमबार नेपाल आइपुगेको टोलीलाई एन्फा पधाधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। जसअनुसार नेपालले २९ जनवरीमा पहिलो खेल खेल्दा अर्को खेल १ फेब्रुअरीमा खेल्नेछ। मरिसस फिफा वरीयतामा १ सय ७२औं स्थानमा रहेको छ।नेपाली राष्ट्रिय टिमले पहिलो पटक अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न लागेको हो।