कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि लकडाउन गरिरहँदा चीनको अर्थतन्त्र खस्किएको छ ।
कोरोना संक्रमणलाई शून्यमा झार्न भन्दै चीनले आन्तरिक चहलपहल र सीमा नाकामा निकै कडाई गरिरहेको छ । यसको असर अर्थतन्त्रमा देखिन थालेको र अहिले चीनको कुल ग्राहस्थ उत्पादन जीडीपीमा २ दशमलव ६ प्रतिशतले गिरावट आएको बीबीसीले जनाएको छ । विश्वकै दोस्रो ठूलो जीडीपी भएको चीनले गएको जुन महिनामा जीडीपीमा १ प्रतिशतको बृद्धि हुने लक्ष्य लिएपनि उल्टै घटेको खबरमा उल्लेख छ ।
मुख्य व्यापारिक सहर संघाइसहित थुप्रै प्रान्तमा चीनले यस वर्षको सुरु देखि नै लकडा...