दैलेख – प्रमुख विपक्षी दल नेकपा एमालेभित्रको विवाद औपचारिक विभाजनमा पुगिसकेपछि दैलेखका पालिकामा जनप्रतिनिधिहरू पनि आफ्नो समर्थन कहाँ रहने भनेर खुल्न थालेका छन् । प्रष्ट रूपमा खुलेका हिसाबले एमालेमा रहनेको सङ्ख्या झन्डै ६० प्रतिशत र नेकपा (एकीकृत समाजवादी) समर्थन गर्नेमा ४० प्रतिशत हाराहारी देखिएकाे छ ।
२०७४ मा भएको पालिका तह चुनावमा दैलेखका ११ मध्ये सात पालिकाका १४ जना प्रमुख तथा उपप्रमुखमा आठ जना एमालेमै रहने भएका छन् भने ६ जनाले एकीकृत समाजवादीमा जाने औपचारिक रूपमा खुलेका ...