काठमाण्डाै - नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने पहिलो नेपाली महिला डा. बानिरा गिरीको निधन भएको छ ।
उहाँको उपचारका क्रममा गएराति निधन भएको बानिरा फाउण्डेशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो।
लामो समयदेखि मधुमेहको समस्या भाेग्नु भएकी गिरी विगत पाँच वर्षदेखि अल्जाइमर रोगबाट पनि पीडित हुनुहुन्थ्यो । उहाँको काठमाण्डाै नयाँ बानेश्वरको सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रसाईँले जानकारी दिनुभयो ।
गिरीलाई कोरोना भाइरसको सङ्क्रमण पनि भएको थियो । २००२ साल चैत २९ गते दार्जिलिङको ...