विद्रोही तालिबान समूहले अफगानिस्तान नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किइरहेका छन् । मंगलबार जजिरा एयरको चार्टर्ड विमान मार्फत ११८ जना नेपाली कतारको दोहाबाट कुवेत हुँदै काठमाडौं आइपुगेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११८ जना नेपाली आइपुगेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) राजेश नाथ बास्तोलाले रातोपाटीलाई बताए । यसैगरी ९ जना भारतीय पनि साेही विमानमा आएका छन् ।अफगानिस्तानबाट साउन २२ पछि नेपाली आउने क्रम जारी छ । साउन २२ देखि ३२ गते