ब्राजिलको अपराजित यात्रा कायम, अर्जेन्टिना रोकियो

भेनेजुएलालाई हराउँदै ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै ब्राजिलले भेनेजुएलालाई ३–१ गोलले हराएको हो ।खेलको ११ औँ मिनेटमा एरिक रामिरेजले भेनेजुएलालाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अन्त्यतिर ब्राजिलले लगातार गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । मार्किन्होसले खेलको ७१ औँ मिनेटमा बराबरी गोल फर्काए भने ग्याब्रियल बारबोसाले ८५ औँ मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए । इन्जुरीमा

सम्बन्धित सामग्री

मेस्सी नेतृत्वको अर्जेन्टिनाको अपराजित यात्रा ३१ खेलमा

काठमाडाैं । अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रा ३१ खेलमा ल्याइपुर्‍याएको छ। विश्वकपको महादेशीय छनोटअन्तर्गत बुधबार बिहान अर्जेन्टिना, इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकियो। अर्जेन्टिनाले अन्तिमपटक सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग हार ब्यहोरेको थियो। त्यतिबेला ब्राजिलले अर्जेन्टिनालाई २-० गोलले हराएको थियो। त्यसयता अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २१ जित र १० बराबरी खेलेको छ। अर्जेन्टिना लगातार तीन […]