प्यालेस्टिनी भूमिमा इजराइली कब्जाबारे अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ पूरा

अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले सोमबार प्यालेस्टिनी क्षेत्रमा इजराइली कब्जाको कानूनी परिणामबारे सार्वजनिक सुनुवाइ पूरा गरी यसबारे छलफल सुरु गरेको छ । आइसिजेका अध्यक्ष नवाफ सलामले आफ्नो समापन टिप्पणीमा सार्वजनिक बैठकमा सल्लाहकार राय पठाइने र यसको मितिको घोषणा उचित समयमा गरिने जानकारी दिनुभयो । आगामी वर्ष वा सम्भवतः यसै वर्षको अन्त्यमा फैसला आउने अपेक्षा गरिएको छ …