काठमाडौं (अस) । नक्सालमा इभी नेपाल मोटर्सको शोरूम सञ्चालनमा आएको छ ।
शोरुममा जर्मन टेक्नोलोजी बोसद्वारा सञ्चालित लिभ्निंगका विद्युतीय स्कुटरका विभिन्न मोडल विविध रङमा उपलब्ध हुनेछ भने विद्युतीय साइकल पनि बिक्री गरिनेछ ।
एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०६, एलएक्स०५–डी, एलएक्स०८, एलएन२०एम०४–२५० वाट क्षमताका स्कुटर बिक्री गरिनेछ ।
शोरुम उद्घाटन अवसरमा ग्राहकलाई ५ देखि १० हजार रुपैयाँसम्मको नगद छुट, नबिल बैंकसँग कारोबार गर्दा शून्य प्रतिशतमा ११ हजार १११ रुपैयाँको ईएमआई आदिको व्यवस्था छ ।
यस्तै, छाता, बस्र, मास्क बक्स, निःशुल्क हेल्मेट, निःशुल्क सर्भिस र कुपनको सुविधा पनि राखिएको छ ।