सकियो एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक, अर्को बैठक मंसिर २५ गते

नेकपा एमालेको १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । एमालेको पहिलो बैठक चितवनस्थित सौराहामा बसेको हो । बैठकले कुनै निर्णय नगरे पनि ओलीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले पार्टीलाई निर्वाचन केन्द्रीत बनाएर देशको शक्तिशाली पार्टी बनाउने बताएका छन् ।केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने पनि उनले जानकारी दिए । सोही बैठकबाट पोलिटब्यूरो, स्थायी कमिटी निर्माण र जिल्ला तथा प्रदेश कमिटी अधिवेशन कार्यतालिका बन्ने ओलीले बताए ।

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक सुरु

नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक भक्तपुरमा सुरु भएको छ । एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीको हलमा सुरु भएको हो । बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोन

एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने

नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिए । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको थियो ।यही मङ्सिर २५ र २६ गते एमालेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग गठनलगायत एजेन्डा […]

एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने

काठमाडौँ- नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिए । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको थियो । यही मङ्सिर २५ र २६ गते एमालेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग […]

एमाले केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसिरहेको हो । एमालेबाट फुटेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो । १० बुँदे सहमति कार्यान्वयनको सहमति भएपछि नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय समिति बैठक […]

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सुरु बैठकले यसअघि बसेको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने बताईएको छ । माधव नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दल गठन गरेपछि एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक पनि हो । […]

एमाले केन्द्रीय कमिटी बैठक एक दिन सर्यो

काठमाडौं : आजका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। पार्टी एकताका लागि छलफल भइरहेका बेला एकपक्षीय रुपमा बैठक बोलाइएको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएपछि बैठक भोलि बस्ने गरी स्थगित भएको हो। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले एकतालाई ध्यानमा राखेर बैठक सारिएको बताए। माधव नेपाल पक्षले पार्टी एकताका लागि विभिन्न तहमा छलफल भइरहेका बेला केन्द्रीय कमिटी बैठक बसेर एक पक्षीय ढंगले कुनै पनि निर्णय गर्न नहुने भन्दै बैठक सार्न दबाब दिएको थियो।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजेदेखि बैठक शुरु हुनेछ ।  आज बस्न लागेको बैठकमा विधान महाधिवेशनमा छलफल हुने एमाले सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठक शुरू

नेकपा एमाले केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरू भएको छ । एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले बैठक शुरू भएको जानकारी दिइन् । बैठकमा संसदीय दलको विधान अनुमोदन लगायत एजेण्डा रहेका छन् । यसअघि बसेको संसदीय दलको बैठकले विधान संशोधन लगायत निर्णय गरेको थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष भने बैठकमा उपस्थित भएको छैन । एमाले संसदीय दलको बैठकमा उपस्थित भएका नेता वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा भने उपस्थित भएका छैनन् ।