काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्सको बोलकबोल गर्ने भएको छ । बैंकले पुस १९ गते बिक्री गर्नेगरी २८ दिने, ९१ दिने र ३६४ दिने तीन किसिमको ट्रेजरीको बोलकबोल गर्ने भएको हो ।
बैंकको सूचना अनुसार सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल हुनेछ । इच्छुक खरिदकर्ताले सो समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार कुल रकम मध्ये १२ अर्ब ७५ करोड रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण हुनेछ भने ७ अर्ब ५० करोड रुपैयाँ नयाँ बिक्री हुनेछ । जुन ३६४ दिनको ७ अर्ब ५० करोड रुपैयाँ नवीकरण हुनेछ भने २८ दिने र...