५ मंसिर, काठमाडौं । युरोपेली मुलुक लिथुआनियाले ताइवानलाई अनौपचारिक कूटनीतिक कार्यालय खोल्न दिएपछि चीन रुष्ट बनेको छ । राजधानी भिलनिअसमा ताइवानको अनौपचारिक कूटनीतिक नियोग खोल्न दिएपछि लिथुआनियासँग चीन रुष्ट बनेको हो । उक्त कदमपछि रुष्ट बनेको चीनले लिथुआनियासँगको कूटनीतिक सम्बन्धलाई समेत घटुवा गरेको छ। आइतबार चीनको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लिथुआनियासँगको सम्बन्धलाई दूतावासको हैसियतबाट […]