गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाण्डाै - गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज १ बजेका लागि बजेट अधिवेशन आह्वान गर्नुभएको छ । बजेट अधिवेशनको पहिलो दिन आज दलका नेताहरूले सम्बोधन गर्ने र भोलि प्रदेश सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको छ । बजेट आउनुभन्दा १५ दिनअघि सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा पेस गरेपछि सांसदले दिएको सुझावका आधारमा बजेट गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले असार १ गते संसदमा बज...