काठमाडौं : नर्भिक अस्पतालका चिकित्सकले १७ बर्षीय बालिकाको आमाशयमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालेका छन्।नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो।काठमाडौंकी १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिना कुनै चोट निकालिएको नर्भिक अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ। चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना हो।यस्तो घटनामा अड्किएको चम्चालाई निकाल्न शल्यक्रि