मुगु जिल्लास्थित छायाँनाथ रारा नगरपालिका–४ का वडाध्यक्ष विष्णु कुमार भामले आफ्नो ५ वर्षे कार्यकालमा नगरबाट बुझेको पारिश्रमिक रकमको शुक्रबार गमगढीमा सार्वजनिक सुनुवाइ गरेका छन् । सार्वजनिक सुनुवाइ गर्दै अध्यक्ष भामले आफूले पाएको भत्ता तथा पारिश्रमिक विपन्न समुदायलाई राहत दिएको बताए ।