रूपन्देही : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दाबी गरेका छन्।लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेशको राजधानी सार्ने अघिल्लो प्रदेश सरकारको निर्णय आफूले कार्यान्वयन गर्न सफल भएको पनि स्पष्ट पारे। आफू नेतृत्वको प्रदेश सरकारले प्रदेशभित्र रहेका सबै जिल्लालाई जोड्ने गरी १३ सय किलोमिटर पहाडी मार्ग सम्पन्न गरेको, ल