वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

मकवानपुर – वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद् विस्तार गरिएलगतै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले तीन मन्त्रीलाई शपथ ग्रहण गराउनुभयो । त्यसैगरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक राज्यमन्त्रीलाई शपथ ग्रहण गराउनुभयो ।  प्रदेशमा रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रूपमा सरेश नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केशवराज पाण्डे, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डाक्टर रामकुमार अध...