मधेश प्रदेशमा आज शपथग्रहण

मधेश प्रदेशमा आज प्रदेशसभा सदस्यको शपथग्रहण हुने भएको छ ।  सप्तरीका प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो । न्यौपानेलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ गराउने छन् । त्यसपछि न्यौपानेले प्रदेश सदस्यलाई शपथ ग्रहण गराउने तयारी रहेको प्रदेश सभाको सचिवालयका सचिव रञ्जित यादवले बताए ।शपथग्रहणको सबै तयारी पुरा भएको छ । शपथग्रहण आज दुई बजे हुने बताइएको छ । प्रत्यक्ष र समानुपातिक सदस्य गरी मधेश प्रदेशको प्रदेश सभामा १०७ जना सदस्य रह