नेपालको जे भइरहेको छ, त्यो दर्दनाक अवस्था स्वभाविकजस्तै देखिन्छ । कोभिड १९ को संक्रमण आकाशिएको छ, अस्पतालहरू भरिएका छन् र देशका प्रधानमन्त्रीले अन्य देशसँग सहयोग मागिरहेका छन् ।अहिले नेपालमा दैनिक प्रति १ लाख व्यक्तिमध्ये झन्डै २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ, दुई साताअघि भारतमा झन्डै यस्तै संख्या देखिएको थियो ।सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै इन्टर नेशनल फेडेरेशन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिज (आईएफआरसी) ले जनाएका अनुसार गत सप्ताहको अन्त्ययमा नेपालको कोभिड परीक्षणमध्ये ४४ प्रतिशत न