सवा १२ करोडको कोकिन र चरेश बरामद, ३ विदेशीसहित ६ जना पक्राउ

काठमाडौं : गत ४ दिनमा १२ करोड २७ लाख ७५ हजार रूपैयाँ बराबरको लागुऔषध प्रहरीले बरामद गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले पुस ४ गतेदेखि आजसम्ममा ब्युरोको टोलीले अवैध लागुऔषध कोकिन र चरेशसहित ६ जनालाइ नियन्त्रणमा लिएको हो।१२ करोडभन्दा बढी मूल्यको लागुऔषध कोकिनसहित २ जना विदेशी महिला पनि पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार युक्रेनकी ३२ वर्षीया दारिया एन्टोनेन्को र थाइल्याण्डकी २५ वर्षीया एरिया फोनक ५ केजी ६ सय ग्राम कोकिनसहित पक्राउ परेका हुन्। उनीहरूबाट बरामद गरिएको क