नजिकिँदै दसैँ : सडक सुधारमा ध्यान दिन यातायात व्यवसायीको माग

नजिकिँदै गरेको दसैँंतिहार तथा छठ जस्ता ठूला चाडपर्वलाई लिएर उपत्यका छाड्ने हजारौं यात्रुहरुको सुरक्षामा गम्भीर हुन यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ । बर्खाले भत्किएका तथा पहिरो गएका सडक संरचना, निर्माणाधिन भौतिक संरचना र संभावित जोखिम भएका संरचना समेत अविलम्ब मर्म तथा सुधार गर्न महासंघले सरकारसँग माग गरेको हो । सडक संरचनाको भौतिक सुधारलाई लिएर महासंघले पटकपटक ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय तथा सडक विभागले वास्ता नगरेको