काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल Breaking News

सम्बन्धित सामग्री

उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले देश अझै कोरोनाको उच्च जोखिममा रहेकाले दशैं तिहार मनाउँदा विशेष सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्री ज्ञवालीले सो आग्रह गर्नुभयो । मानिसहरु स्वस्थ रहेमा चाडपर्वहरु फेरि आउने भन्दै मन्त्री ज्ञवालीले आशीर्वाद बचाएर राख्न सबैमा आग्रह गर्नुभयो । “काठमाडौं उपत्यकामा ४० लाखको बसोबास रहेको छ, यहाँ जोखिम अनियन्त्रित भएमा भयावह अवस्था आउन सक्छ” सरकारका प्रवक्ता ज्ञवालीले भन्नुभयो, “कोरोनाको उच्च जोखिम पनि यही उपत्यकामैं भएकाले काठमाडौंबाट घर जाँदा र घरबाट काठमाडौं आउँदा विशेष ध्यान दिन म विशेष आग्रह गर्दछुँ ।“