नीलो टिकसहितको ट्वीटर अकाउण्ट चलाउनेहरुले मासिक आठ डलर तिर्नुपर्ने

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका नयाँ मालिक एलन मस्कले निलो टिकसहितको प्रमाणित ट्वीटर अकाउन्ट हुनेहरुलाई मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको छ । गत साता ट्वीटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने सेवाग्राहीलाई सेवामा पनि प्राथमिकता हुने पनि उहाँको भनाइ छ […]