दाङको सबभन्दा जेठो विद्यालय पद्मोदय मावि भरतपुरमा कक्षा ११ का विद्यार्थीले परीक्षा दिँदै । एउटा बेञ्चमा एक विद्यार्थी राखेर भौतिक दूरी कायम गरी परीक्षा भइरहेको छ । यही साउन १० गतेदेखि परीक्षा सञ्चालन भएको हो । तस्वीर- रन्जिता अधिकारी/रासस
काठमाडौँ । नेपाल प्रहरीले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकोले सतर्कतासहित चाडपर्व मनाउन आग्रह गरेको छ । ६६औँ प्रहरी दिवसका अवसरमा काठमाडौँको गौशाला चोकमा आइतबार मास्क वितरण गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री यस्तो आग्रह गरे । उनले भने, ‘दसैँ उल्लास तर सतर्कता सहित, सामिप्यता तर भौतिक दूरी कायम गर्दै मास्क सहित मनाउन अनुरोध गर्दछु ।’ […]
निषेधाज्ञा हटेपनि मास्क र स्यानीटाइजरको प्रयोग, भौतिक दूरी कायम सहितका स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भने अनिवार्य गरिएको प्रजिअ पाण्डेले बताए।...
काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्सले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले किराना पसलसमेत बन्द गर्ने निर्णय गरेकामा ध्यानाकर्षण भएको बताएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले किराना पसल बन्द गर्न निर्देशन दिएका हुन् ।
यो निर्णयले दैनिक रूपमा खरिद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्तालाई मर्का पर्ने चेम्बरको धारणा छ ।
किराना पसलमा खाद्यान्न, सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने हुँदा बन्द गरिँदा अति आवश्यकीय उपभोग्य वस्तु सर्वसाधारणलाई सहज आपूर्तिमा कठिनाइ हुनेतर्फ चेम्बरले ध्यानाकर्षण गराएको छ । चेम्बरले तोकिएका मापदण्ड पालना गरेर साबिकबमोजिम किराना पसल खोल्ने व्यवस्था यथावत् गर्न सरकारसँग माग गरेको छ
१२ जेठ, बुटवल । २५६५ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा भौतिक दूरी कायम गरी प्रार्थना गरिएको छ । हरेक वर्ष बुद्धजयन्तीका दिन बिहानैदेखि सयौं आगन्तुकहरुको चहलपहल हुने लुम्बिनीमा यसवर्ष भने आन्तरिक र वाह्य पर्यटक, भिक्षु–भिक्षुणी, बौद्धमार्गीहरुको भिड लागेन । लुम्बिनी विकास कोषले औपचारिक कार्यक्रम नै आयोजना गरेर स्वदेश तथा विदेशका राष्ट्र प्रमुखलाई निम्त्याउने गरेकोमा कोरोना […]
विराटनगर : पछिल्लो समय कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा जिल्ला प्रशासन कार्यालय मोरङले नै स्वास्थ्य मापदण्ड पूरा गरेको छैन। कार्यालयले सेवाग्राहीलाई स्वास्थ्य मापदण्ड पालना र भौतिक दूरी कायम नगरी सेवा दिइरहेको छ ।बिहीबार दिँउसो कार्यालयमा नागरिकता लिन पुगेका सेवाग्राहीहरूको घुइँचो थियो। घुइँचोमा रहेका केहीले मास्क लगाएका थिएनन्। लाइनमा बसेकाहरूले भौतिक दूरी कायम गरेका थिएनन्।यस्तै‚ विराटनगर महानगरपालिका-४ बरगाछीमा रहेको परीक्षा बोर्डको कार्यालय परिसरमा बिहीबार दिनभरि विद्यार्थीहरूको घुइ
काठमाडौं। कोरोना संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकै भौतिक दूरी कायम राख्नु हो। एक अर्काबीच दुई मिटरको दूरी कायम गर्न सकियो भने कोरोना सर्न पाउँदैन। चर्चित हाँस्य कलाकार केदारप्रसाद घिमिरेले त्यही भौतिक दूरीको पालना गर्न सांकेतिक सुझाव दिएका छन्। उनलाई भेट्न आएका साथीलाई भित्र नबोलाएर गेटबाटै कुराकानी गरेका छन्। सबैले यस्तै तरिका अपनाएको खण्डमा संक्रमणबाट बच्न सकिने उनी बताउँछन्।
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्पन्न गरिएको छ । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँका दिन गोकर्णेश्वरको जोरपाटी र काठमाडौँ महानगरपालिका–६ बौद्ध क्षेत्रमा श्री रक्तविनायक, श्री महाँकाल भैरव र श्री चामुण्डादेवीको रथयात्रा गर्ने परम्परा छ ।रथयात्रा जोरपाटी र बौद्ध क्षेत्रमा दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर सांस्कृतिक परम
मानिसहरु मास्क नलगाई हिडिँरहेका छन्। सार्वजनिक सवारी साधानहरुमा पनि पहिल्यैको जस्तो भीडभाड हुन थालिसकेको छ। संक्रमणबाट जोगिन भौतिक दूरी कायम हुन छाडिसकेको छ।