नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधि सभा भंग भारतको इशारामा गरेको हो भनेर प्रश्न गरेका छन् ।
उनले विदेशी शक्तिले सुनाएको मन्त्रमा प्रधानमन्त्री चलेको जनताको बुझाइ रहेको दाबी गरे ।
‘असारमा मलाई भारतले हटाउन खोजेको छ भन्दै हुनुहुन्थ्यो । भारतले भन्दैमा हटाउने हो र भनेर हामीले हटाएनौं । संसद् भंग भारतले भनेर गरेको हो ? यसलाई के भन्नुहुन्छ केपीजी ? मैले भारतलाई केही भन्न खोजेको हो...